Ganesh Karki
banner
ganesskarki.bsky.social
Ganesh Karki
@ganesskarki.bsky.social
स्टाटसमा स्रोत र पद उल्लेख नभए मेरा निजी हुन्, यीनले म सम्मिलित कुनै संस्थाको प्रतिनिधीत्व गर्दैनन् ।
जसरी ढुंगामा कालिगढको मनले आकृति देख्छ, जसरी मनको त्यो आकृतिलाई घन र छिनोले पछ्याउँछ, जसरी ढुंगाबाट मूर्ति बन्छ ।

अहिले त्यसरी नै धमिला तस्विरहरूमा फोटो सम्पादकको मनले चमक देख्छ, मनले देखेको चमकलाई माउस र स्क्रिनले पछ्याउँछ, अनि खुइलिएका तस्विरहरूबाट धमिला सम्झनाहरू ताजा बन्छन् ।

कुरा उहि त हो । प्रविधिमात्रै त फरक हो ।

कुनै कालीगढको राम्रो मूर्तिले मन छोए झैँ फोटोको यो सम्पादनले मन छोयो ।
November 30, 2024 at 6:12 AM
एमालेले गर्न लागेको सडक प्रदर्शनको अभिधा हास्यास्पद छ । लक्षणा लज्जास्पद छ । र व्यञ्जना, दीर्घकालका लागि खतरनाक छ ।
November 20, 2024 at 3:05 PM