Prabhakar Pande
aakar-prava.bsky.social
Prabhakar Pande
@aakar-prava.bsky.social
Introvert
शिक्षा क्षेत्र नसुधारी देशको विकास संभव छैन नै । र सुधार विद्यालय तह वाट नै आवश्यक छ। त्यसको लागी शिक्षकहरुको सेवा सुविधा निजामति कर्मचारीको भन्दा २ गुणा बनाउनुको साथै शिक्षण पेशालाई सम्मानित बनाएर उत्कृष्ट विद्यार्थीहरु लाई शिक्षण पेशामा आकर्षित गर्न सक्नुपर्छ ।
April 20, 2025 at 4:34 PM
गाउँमा सबैभन्दा धेरै राजनीति गर्ने भनेका नै शिक्षकहरु हुन् । आम मानिसमा राजनीतिक चेतना भर्नु को साटो आफै राजनीतिमा लागेर शिक्षा क्षेत्र तहसनहस पार्ने शिक्षकहरु आफै हुन् । स्कूल सकिन साथ भट्टिमा नछिर्ने र शनिवारका दिन तासका खाल नजमाउने शिक्षक भेट्न मुस्किल नै पर्छ गाउँघर तिर ।
April 20, 2025 at 4:34 PM
कमजोर सेवा सुविधा भएको र कसैले सम्मान पनि नदिने अनि हेपिएका कारण उत्कृष्ट विद्याथीहरू शिक्षक हुन अहिलेपनि रुचाउँदैनन् । शिक्षा संकाय रोजेर पढ्नेहरु अधिकाशंको सार्टिफिकेट हेर्ने हो भने बल्लतल्ल पास भएकाहरु छन् । कमजोर शिक्षकले पढाएका विद्यार्थी कमजोर हुने नै भए।
April 20, 2025 at 4:33 PM
ऋण लिएर काम नै नगर्ने भन्ने हो भने त आफ्ना देशका उद्योगी व्यापारीलाई पनि बैङ्कहरु बाट ऋण नलिग भन्नुपऱ्यो । नत्र ऋण लिन डराउनु भएन । सदुपयोग गर्ने हो भने ऋण लिएर कोहि डुब्दैन ।
November 25, 2024 at 12:51 PM