Santosh Khaderi (सन्तोष खडेरी)
santoshkhaderi.bsky.social
Santosh Khaderi (सन्तोष खडेरी)
@santoshkhaderi.bsky.social
🇳🇵राणाकालीन इतिहासको खोजकर्ता।
इतिहासकार पुरुषोत्तमशमशेर ज.ब.रा. प्रती हार्दिक श्रद्धाञ्जली।

पुरुषोत्तमशमशेरले बिशेषगरि राणा शासनको इतिहास जसमा राणा प्रधानमन्त्रीहरु जंगबहादुर राणादेखि मोहनशमशेरसम्मको शासन बृत्तान्त लगायतका धेरै सामाग्री हामीलाई पस्किएर राणा शासनबारे दुर्लभ र महत्वपूर्ण जानकारी दिएका छन्। राणा परिवारका सदस्यका रुपमा उनले पारिवारिक र आफ्नै संकलनले राणाकालीन इतिहासका दस्तावेज र तस्वीरहरुले हामीलाई ठूलो गुण लगाए।
December 5, 2024 at 2:54 PM
सन् १९५८ मा जापानको राजधानी टोकियोमा आयोजित तेश्रो एशियाली खेलकुद प्रतियोगिताको समापन समारोह १ जूनमा टोकियोको राष्ट्रिय रंगशालामा सहभागी नेपाली प्रतिनिधि मण्डल नेपालको राष्ट्रिय झण्डाका साथ।

तस्बिर श्रोत:- gettyimages
November 27, 2024 at 11:29 PM
नेपाल र भारतीय सेनाको मानार्थ महारथी दर्जाको इतिहास।
November 21, 2024 at 12:11 AM
पद्मशमशेरको भारत निर्वासित यात्रा।

तस्बिर:दिल्लीको गभर्नर हाउसमा नेपालका प्राईमिनिस्टर एवं श्री ३ महाराज पद्मशमशेरलाई स्वागत गर्दै गभर्नरजनरल माउन्टबेटन।

आन्तरिक रुपमा बलिया चन्द्र र जुद्ध गुटको चेपुवामा पर्दै गएका पद्मले आफ्नो बुढ्यौली उमेर र स्वास्थ्यका कारण प्राईमिनिस्टरको जिम्मेवारी बहन गर्न नसकिने भनी पद त्याग गर्ने योजना सहित भारत गएका थिए। उनले नेपाल छाड्दा आफ्नो साथमा ४-५ हजार तोला सुन चाँदी साथमा लगेका थिए।
November 20, 2024 at 12:45 PM
सन् १९६२ मा बर्मालाई दिएको गैँडा।

केही समय अघि मात्र कतारी राजाका भ्रमणका क्रममा नेपालले दुईवटा हात्ती उपहार दिने जनाएको थियो।नेपालले राणाकालदेखि नै विदेशतिर गैँडा,हात्ती,कुकुर लगायत उपहार दिँदै आएको हो।राणाकालको अन्त्यपछि पनि सन् १९५८ मा नेपालले अमेरिकि राष्ट्रपतिलाई एकजोडी भोटे कुकुर उपहार दिएको थियो।

नेपालले अहिलेसम्म भारत,अमेरिका,बंगलादेश, पाकिस्तान,थाइल्याण्ड,म्यान्मार,जापान, जर्मनी,बेलायत,अष्ट्रिया र चीनलाई गैँडा उपहार दिईसकेको छ।
November 19, 2024 at 1:55 PM
बेलायतका गरिवलाई चन्द्रशमशेरको दान।

११६ बर्ष अघि सन् १९०८ मा बेलायतको भ्रमणका रहेका तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले जुलाई महिनामा बेलायतको एडिनबर्गका गरिवहरुलाई ५०० पाउण्ड रकम दान गरेका रहेछन्। उनले त्यहाँ अन्यलाई समेत दान चन्दा दिएका थिए।

समाचार स्रोत. -दी हेराल्ड लण्डन।
November 18, 2024 at 11:56 AM
इजिप्टमा राष्ट्रपति नागीबका साथ राजा त्रिभुवन।

तस्बिरमा राजा त्रिभुवनलाई सिगरेट सल्काउन मद्धत गरिरहेका इजिप्टका तत्कालीन राष्ट्रपति मोहम्मद नागीब हुन। तस्बिर सन् १९५४ जनवरीको शुरूवाती दिनमा लिइएको हुन सक्छ। राजा पहिलोपटक युरोपको उपचारयात्रा बाट फर्कँदा कायरो हुँदै फर्किएका थिए।

यो तस्बिर राजाको कायरो बसाईका क्रममा राजाको भ्रमण दलमा सहभागी शाही फोटोग्राफर समेत रहेका काजी कृष्णलाल अधिकारीले खिचेका हुन्।
November 18, 2024 at 1:20 AM
भारतमा बिहे भएकी नेपालकी छोरी ललिता राज्यलक्ष्मी जसले भारतको लोकसभामा बिहारका निर्वाचन क्षेत्रबाट तीन पटकसम्म स्वतन्त्र जित् हासिल गरिन्।

उनी क.ज. सिंहशमशेर र शाहज्यादी रमाकि जेठी छोरी हुन्। जसको बिहे बिहार रामगढका कामक्ष नारायण सिंहसंग भएको थियो।
सन् १९५७ को दोश्रो लोकसभामा बिहारको हजारीबाग, तेस्रोमा औरंगाबाद र चौथोमा धनबादबाट स्वतन्त्र उम्मेदवारी दिएर तिनैपटक जित हासिल गरेकि थिइन्।
November 18, 2024 at 1:09 AM
संयुक्तराष्ट्रसंघ मुख्यालयको भ्रमण गर्ने पहिलो नेपाली केशरशमशेर हुन्।सन् १९४८ मा बेलायतका लागि राजदूत रहेका उनी अमेरिकाका लागि नेपाली मिनिस्टरको रुपमा ओहदाको प्रमाणपत्र पेश गर्न वासिङ्टन जाँदा न्युयोर्क समेत पुगे।

राष्ट्रसंघमा केशरशमशेर पुग्दा उनलाई महासचिव टिृग्वे लीले स्वागत गरे। केशरशमशेरलाई त्यहाँ एउटा भाषामा गरेको सम्बोधन विभिन भाषामा अनुवाद भएर हेडफोनमा आउने र आफूले बुझ्ने भाषामा सुन्ने प्रविधि सबैभन्दा नौलो र अनौठो लागेको थियो ।
November 18, 2024 at 1:01 AM
सन् १९०२ मा नेपालको शिक्षा क्षेत्रमा यी भए।

- ८ नेपाली बिद्यार्थी अध्ययनका लागि जापान पुगे।
- २ युवा लेखा स्रेस्ताको तालिम लिन इलाहबाद पुगे
- त्यसै बर्ष पहिलो नेपाली युवा रत्नदास डाक्टर भए ।
- त्यसै बर्ष दरबार स्कुलका संस्थापक प्रीन्सीपल सरदार केदारनाथ चटोपाध्यायले राजिनामा गरे।
November 17, 2024 at 10:47 AM
राणाकालमा दुईजना राणा प्रधानमन्त्रीहरुले विदेशी विश्वविद्यालयबाट मानार्थ 'डक्टर अफ ल' को उपाधि प्राप्त गरेका थिए। सन् १९०८ मा चन्द्रशमशेरले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र त्यसको ४० वर्ष पछि सन् १९४८ मा पद्मशमशेरले भारतको ईलाहाबाद विश्वविद्यालयबाट प्राप्त गरेका थिए।
November 17, 2024 at 12:18 AM
बिदेशबाट तयारी माल आयात गरि यहाँ नेपालमा बिक्री गर्दा नाफा खाएर मात्र देशको उन्नति हुँदैन, तसर्थ यहाँ नेपालमा उद्योग कलकारखाना खोलेर बस्तु उत्पादन गरि सके उत्पादित बस्तु बिदेश निकासी गर्ने त्यो गर्न नसके पनि आवश्यक बस्तु उत्पादन गरि मुलुकभित्र खपत गरि नेपाललाई आत्मनिर्भर बनाउने ठहर गरि महाराज जुद्धशमशेरले आजभन्दा ९० बर्ष अगाडी नै नेपाललाई औधोगिकरणतर्फ डोर्याएका थिए । नेपालमा औद्योगिक विकासको श्रेय जुद्धशमशेरलाई जान्छ।
November 17, 2024 at 12:14 AM
सन् १९३५ मा इनरुवामा बिदेशी लगानी सहितको पहिलो उद्योगका रुपमा खुलेको चिनी मिललाई लाइसेन्सदिँदा तत्कालीन महाराज जुद्धशमशेरले मिलका लागि चाहिने प्राविधिक बाहेक अन्य कामदार सबै स्थानीय नेपाली नै राख्ने,भारतबाट ल्याउने प्राविधिक समेत त्यहाँको राजनीतिमा संलग्न नरहेका र इसाई धर्मावलम्बी बाहेकका लाई मात्र ल्याउने प्रावधान राखेका रहेछन्।
November 16, 2024 at 3:55 PM
नेपालमा विसं १९६८ सालमा फर्पिङबाट जलविद्युत उत्पादन शुरु भएको ११३ बर्षपछि नेपाली विद्युत तेश्रो मुलुक बंगलादेशमा निर्यात शुरु भएको छ। जलविद्युतको अथाह सम्भावना भएको नेपालबाट विद्युत निर्यात हुनु नेपाल,भारत र बंगलादेश बीचको नयाँ त्रिदेशीय साझेदारी संगसंगै आर्थिक क्षेत्रमा समेत सकारात्मक कदमको संकेत समेत हो।
November 16, 2024 at 10:58 AM