Gyalwang Tamang
banner
gyalwang.bsky.social
Gyalwang Tamang
@gyalwang.bsky.social
Pinned
नयाँ छु साथ दिनुहुन्छ भन्नेमा विश्वस्त छु ।
एकताको लागि सहकार्य, सहकार्यको लागि सहमति र सहमतिको लागि मेलमिलापको अतिआवश्यक छ । नैतिकता र मानवताको जग खलबलिरहेको वर्तमान परिस्थितिमा ४८ वर्ष अघि वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलाप सिद्धान्तको महत्व झनै बढेर गएको छ । त्यसैले असहिष्णु र अराजकलाई त्यागी मेलमिलाप र भातृत्वलाई अंगालाैं । सबैमा राष्ट्रिय मेलमिलाप दिवसको शुभकामना ।
December 31, 2024 at 5:33 PM
Happy New Year to all.
December 31, 2024 at 5:32 PM
विश्वभर छरिएर रहनु हुने सम्पुर्ण तमुहरुमा, तमु ल्होछरको मंगलमय शुभकामना ।
December 30, 2024 at 3:21 AM
त्रिभुवन विश्वविद्यालयको 50औ दिक्षान्त 🎓 समारोहबाट
दिक्षित सबैलाई हार्दिक बधाई
December 28, 2024 at 4:49 PM
HAPPY MERRY CHRISTMAS DAY TO ALL...🌲🌲🌲🌲
December 25, 2024 at 1:21 AM
आफ्नो वास्तविक अवस्थाको ज्ञान(यथाज्ञान), उद्योग(मिहेनत गर्ने), दुःख सहने शक्ति(सहनशीलता) र धार्मिकपन(निरन्तर धर्मकार्य गर्ने) यी गुणहरु जुन मान्छेमा छन् ऊ नै समाजकाे असल मान्छे कहिन्छ ।
December 19, 2024 at 4:11 PM
अर्काको धन हरण गर्नु, परस्त्रीसँग संसर्ग गर्नु, साथीभाइहरुलाई त्याग गर्नु यी तीनवटै कुराले मानिसको आयु, धर्म र कीर्तिलाई क्षय गर्दछन् ।
December 17, 2024 at 4:10 PM
जन्मनसाथ कसैको पनि कुनै मित्र हुँदैन, शत्रु पनि हुँदैन । पछिपछि व्यवहारद्धारा नै शत्रु र मित्र उत्पन्न हुन्छन् ।
December 16, 2024 at 3:58 PM
सम्पुर्णमा उधौलीपर्व, यमरी:पुन्ही, धान्यपुर्णिमा र ज्यापू दिवसको मंगलमय शुभकामना ।
December 15, 2024 at 2:22 PM
एउटा कुरामा हामी स्पष्ट छाै "No one is above the law" अर्थात कानुन भन्दा माथि काेहि छैनाैं । चाहे त्याे भाैमान नै किन नहाेस् ।
December 10, 2024 at 6:13 AM
समयको मध्यावधि, दलहरुको शक्ति परिक्षण र जनताको मतको अभिव्यक्तिको स्पष्ट सन्देश भनेको अझै आशा र विश्वास प्रमुख दलहरुमै छन् । तर , सँगैमा, थप आफुलाई परिस्कृत र समयानुकूल बनेन भने जनताको आक्रोश र विकल्पहरुले समानान्तर गोरेटो कोर्न भने रोकिएका छैनन् ।
December 3, 2024 at 12:35 AM
विचारको सिद्धान्त प्रति खडेरी भइरहेका समयमा याे एक शक्तिशाली उदाहरण हाे ।

ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को आज भएको उपनिर्वाचनमा कांँग्रेस वडा सभापतिकाे छोरा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि बाबुले छोरालाई मत दिएको आरोपबाट बच्न आफ्नो मतपत्र काँग्रेस उम्मेदवारका छोरालाई दिएका छन् । उनले आफ्नो मतपत्र अरुलाई थमाएर पार्टीप्रतिको निष्ठा दर्शाएका छन् ।

विचार न पैसाले किन्न सकिन्छ न त सम्बन्धले नै ।
December 1, 2024 at 3:42 PM
धर्मशास्त्र अनुसार मानिस जब जब कल्याण प्राप्तिमा मन लगाउँदै जान्छ तब तब उसका सबै चाहनाहरू नि: सन्देह पूरा हुँदै जानेछ । शुभरात्री !
November 30, 2024 at 9:27 AM
मानिसको पहिचान कति परिवर्तनशील र नाशवान् छन् भन्ने कुरा रबिबाट पनि सिक्न सकिन्छ । एक सामान्य रबिबाट पत्रकार, पत्रकारबाट राजनेता, राजनेताबाट विपि, विपिबाट भौमान र अन्त्यमा भौमान बाट एक शक्तिशाली ठग वा संगठित अपराधी कसरी बन्न पुगे, जसले सबको मथिंगल हल्लाईदिएका छन् र साेच्न बाध्य बनाईदिएका छन्, कि, एक मानिस छोटो समयमै कसरी यत्तिका विराट अनि बहुरुपी बन्न सक्छ ?
November 29, 2024 at 3:40 AM
रास्वपाले प्रधानमन्त्रीलाई निर्देशनको शैलीमा भनेछन्, रबिलाई कस्टडिमा किन धेरै लम्ब्याएर राखेको, त्यसैले छिटो अदालत पेश गर्नु ।
अदालत न हिजो राणाको निर्देशन माने न त राजाकै , गणतन्त्रमा हुने कुरै भएन । मानेको भए के केपि ओलिलाई अदालतले हटाउथ्यो ? यत्ति सामान्य कुराको हेक्का नराखी रबिलाई सरकारले नै फसाइएका हुन् भन्ने भाष्य निर्माण कहिँ कतै सकि हालिन्छकि भन्नू आफैमा मुर्खता हुन् ।
November 28, 2024 at 2:31 AM
सधैँभरि मीठो बोलि बोल्ने मानिस सहजै भेट्टाउन सकिन्छ । रुखो र अप्रिय नै भए पनि हितकारी वचन बोल्ने र सुन्ने दुबैखाले मान्छे भने दुर्लभ छन् ।
November 27, 2024 at 2:38 AM
मूर्खसँग बुद्धिमानी र सज्जनहरु डराएकाे नभई झमेलामा नपर्ने मनसायले टाढिएका हुन्छन्। समाजमा विवेकहीन, स्त्रीलम्पट,दुर्जन र धन्दाकारी नेतृत्वले शासन गर्छ र तिनको आसेपासेले समाज भरिभराउ छन् भने त्यसले अनेकानेक अनिष्टहरु देखाउने छन्। तर सधै त्यस्तो हुँदैन। किनकि समाज हमेसा सज्जन कै पक्षमा हुन्छन्। त्यसैले यस्तो प्रतिकूलतामा बुद्धिमानी मानिसले शान्त रहि उपयुक्त अवसरको पर्खाइमा रहनु नै उत्तम हुने धर्मशास्त्र वा नीतिशास्त्रहरुमा पाइन्छ।
November 25, 2024 at 2:09 PM
समाजका समसामयिक विषयवस्तु उपर आत्मपरक नभई वस्तुपरक ढंगले टिकाटिप्पणी गर्नु सचेत नागरिकको जिम्मेवारी हो । अराजक र असभ्यले प्रश्रय पाइरहेको वर्तमान समाजमा विवेकपुर्ण टिप्पणी र सटिक विश्लेषण गर्नु झनै अत्यावश्यक छन् ।
November 24, 2024 at 1:59 PM
जीवनको प्रवाह जति सरल हुन सक्यो त्यति नै गन्तव्य पुग्न सजिलो हुन्छ । जीवन स्वभावतः निरन्तर बग्ने हुन्छ । जीवनलाई माखुराको जालो जसरी पहेलिमा राख्नु हुँदैनन । जीवन त सबैका लागि खुला किताब झै हुनुपर्छ । जताबाट पल्टाए पनि एक अनोखा कथा नभई सरलता अनि उत्प्रेरणाले भरिपुर्ण होस ।
November 23, 2024 at 5:48 PM
हिजोसम्म खड्का प्रसाद ओली एमाले पार्टीका एकजना अराजक थिए
तर
आजको भीडले बताउदै छन् , सिङ्गो एमाले एक अराजकहरुको विद्यालय हो र ओली त्यसको हेडमास्टर ।
दुर्गा त केवल त्यसको बाछिट्ट मात्रै हुन् ।
November 22, 2024 at 3:02 PM
Life isn't about finding yourself. Life is about creating yourself. -George Bernard Shaw
November 20, 2024 at 1:13 PM
हरेक मानिस जीवनमा सफल बन्न लागि परेको हुन्छ नै । तर समाजको निर्धारित सफलताको मानक केलाई मान्ने वा बुझ्ने भन्नेमा प्रष्ट नहुँदा कयौं सफलताको शिखर चुमिसकेकाहरु पनि छाँगाबाट खसेझै दुखी भइरहेको देख्छु, सँगै सयाैं मानिसहरु सफलताको मानकविना पनि खुसी नै देख्छु । त्यसैले खुसी हुने र दुखी हुने कुरा मानिसको परिस्थिति र मनस्थितिमा निर्भर रहने कुरा हुन् । किनकि एउटै परिस्थितिमा दुई ब्यक्ती खुसी र दुखी भइरहेका हुन्छन् । मात्र मनस्थितिको कारणले ।
November 18, 2024 at 1:17 AM
I am sure you will support me by follow as I am new.
November 17, 2024 at 4:56 PM
नयाँ छु साथ दिनुहुन्छ भन्नेमा विश्वस्त छु ।
November 17, 2024 at 4:12 PM