गुणमञ्जरी
banner
gunamanjari.bsky.social
गुणमञ्जरी
@gunamanjari.bsky.social
Radio Journalist 🎙️🎧️📻️
💛❤️
September 5, 2025 at 8:54 AM
😍😍
September 4, 2025 at 10:58 AM
२०६३ मंसिर ५ मा शान्ति सम्झौता भयो।व्यवस्था परिवर्तन र समाजमा भएका विभेद अन्त्यको जे मुद्दा उठाएर माओवादीले युद्ध सुरु गरेको थियो,ती धेरै विषय अन्तरिम संविधानमा समेटियो।२०६४ मा संविधान सभाको निर्वाचन हुने भयो। पार्टीले उनलाई टिकट दियो।नुवाकोट १ बाट उनले चुनाव जितिन्।परिवर्तनका लागि बन्दुक बोकेर युद्धमा होमिएकी कमान्डर बिमला,अब कलम बोकेर संविधान निर्माणका लागि संविधान सभा भवन धाउन थालिन्।
youtube.com/watch?v=_qFr...
व्यवस्था परिवर्तनका लागि उठाएको बन्दुकदेखि कानुन निर्माणका लागि उठाएको कलमसम्म — माननीय बिमला सुवेदी
YouTube video by Tanneri Chaso
youtube.com
August 5, 2025 at 11:46 AM
२०७८ सालमा नेपाली कांग्रेसले उनलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपछि पाँचौपटक उनको संसद यात्रा तय भयो। ०७८ माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित पन्त २०८० चैत्रमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति चयन भइन्।
नेतृत्वमा रहेका महिला राजनीतिज्ञको कथा पस्कने यो श्रृखलाको चौथो अंकमा संसदको विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमलादेवी पन्तको भोगाइ र अनुभूति।
youtube.com/watch?v=VnlZ...
विद्यार्थी राजनीतिदेखि विधि निर्माणसम्मको यात्रा - माननीय कमला पन्त । EP - 04 - Nepal Parliament
YouTube video by Tanneri Chaso
youtube.com
August 5, 2025 at 11:42 AM
२०७९ माघमा नेपाली कांग्रेसले सभामुखका लागि उनलाई अघि सा¥यो।अर्कोतिर गठबन्धन थियो,आफूले जित्दिन भन्ने थाहा पाउँदापाउँदै पनि उनले पार्टीको निर्णय स्वीकार गरिन्।उसो त जित्ने अवस्था थियो भने अर्को कोही पुरूषलाई दौरासुरुवाल लगाएर तयार पारिसकिएको हुन्थ्यो भन्ने पनि उनलाई थाहा छ।संसद र पार्टी राजनीति दुवैमा खरो उत्रिने ईश्वरी २०८१ साउनमा संसदको संयुक्त समिति (संसदीय सुनुवाइ समिति) को सभापति निर्वाचित भइन्।
youtube.com/watch?v=oXqS...
राजनीतिमा सधैं हक्की र प्रष्ट विचार - माननीय ईश्वरीदेवी न्यौपाने । EP - 03 - Nepal Parliament
YouTube video by Tanneri Chaso
youtube.com
August 5, 2025 at 11:41 AM
राजनीतिमा लागेको झन्डै तीन दशकपछि पहिलोपटक उनको संसद यात्रा तय भयो । २०७९ साल मंसिरमा नेपाली कांग्रेसले सांसद बनाउने निर्णय गरेपछि समानुपातिक निर्वाचन प्रणाली मार्फत् प्रतिनिधि सभा सदस्य निर्वाचित कुसुमदेवी थापा २०८१ श्रावणमा संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा चयन भइन् ।
youtube.com/watch?v=W44B...
किशोरावस्थादेखि संसदसम्मको राजनीतिक यात्रा - माननीय कुसुमदेवी थापा । EP - 02 - Nepal Parliament
YouTube video by Tanneri Chaso
youtube.com
August 5, 2025 at 11:38 AM
व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनहरूमा सुरक्षाकर्मीका कुटाइ र अपशब्द,आन्दोलनको मोर्चामा रहेका कति आफ्नै साथी गुमाउनुप¥यो। सानो संघर्षले ल्याएको व्यवस्था होइन यो।

पार्टी राजनीति गरेको चार दशकमा उनले कहिल्यै पदको माग गरिनन्।पार्टीले जे जिम्मेवारी दियो,सोही अनुसारको काम गर्दै गइन्। राजनीतिमा निरन्तर सक्रिय तुलसाको मूल्यांकन ढिलै भएपनि भयो,नेकपा एमालेले उनलाई राष्ट्रिय सभामा पठाउने निर्णय ग¥यो।
youtube.com/watch?v=YdCd...
व्यवस्था परिवर्तनदेखि विधि निर्माणसम्मको यात्रा - माननीय तुलसा दाहाल | EP-1 - Nepal Parliament
YouTube video by Tanneri Chaso
youtube.com
August 5, 2025 at 11:36 AM
नेपालमा आगलागी र डढेलोका घटना, यसले गरेको क्षति र क्षति न्यूनीकरणका लागि आवश्यक कदम । कार्यक्रम विपद्का कुराको यो अंकमा डढेलो विज्ञ सुन्दर शर्मासँगको कुराकानी ! #BipadKaKura
youtube.com/watch?v=bwFf...
youtube.com
February 9, 2025 at 11:20 AM
निर्वाचन आयोगले गरेको यो प्रस्ताव अनुसार विधेयक पारित भएमा अब दलहरूले प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यको लागि प्रत्यक्षमै ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउनु पर्ने छ। हाल संसदमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था भए पनि प्रत्यक्षमै ३३ प्रतिशत उम्मेदवार उठाउनु पर्ने बाध्यकारी व्यवस्था छैन। जसका कारण संसदमा आउने अधिकांश महिला समानुपातिक निर्वाचन प्रणालीबाट आउने गरेका छन्।
nepalkhabar.com/politics/225...
निर्वाचन आयोगले किन गर्‍यो प्रत्यक्षमै ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य?
निर्वाचन आयोगले प्रत्यक्षमै अनिवार्य ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव गरेको छ। आयोगले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरेको हो। तर, आयोगले प्...
nepalkhabar.com
February 2, 2025 at 10:17 AM
हाल यो खोप हामीले विद्यालय केन्द्रित गरेका छौँ। कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरूलाई यो खोप लगाइन्छ। विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीहरूलाई (अन्तिम दिनमा) स्वास्थ्य संस्थामा खोप दिइने छ। र, यो अहिले दिन लागिएको सिकोलिन नामको खोप विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट मान्यता प्राप्त र औषधि व्यवस्था विभागबाट स्वीकृत भएको गुणस्तरीय खोप हो।
nepalkhabar.com/lifestyle/22...
१६ लाख किशोरीलाई दिन लागिएको एचपीभी खोप कति सुरक्षित? (भिडिओ)
नेपाल सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशैभर एचपीभी भाइरस विरुद्धको खोप अभियान सञ्चालन गर्दै छ। यसले पाठेघरको मुखको क्यान्सरबाट बचाउँछ। अहिले लगाउन लागिएको सिकोलिन नामक खोप हो। यो विश्व स्वास्थ...
nepalkhabar.com
January 29, 2025 at 3:11 AM
संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भन्ने गरिन्छ। बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट लगायतका विषयले समय लिने भएकाले हिउँदे अधिवेशनमा विधेयकको कामले गति लिने विश्वास गरिन्छ।

तर, संघीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण मानिएका संघीय निजामती विधेयक र विद्यालय शिक्षा विधेयक हिउँदे अधिवेशनमा समेत संसद्मा पेस हुन मुस्किल देखिएको छ।
nepalkhabar.com/politics/224...
निजामती र शिक्षा विधेयक : हिउँदे अधिवेशनमा पनि पेस हुन मुस्किल
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार माघ १८ गते दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन्। संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भन्ने गरिन्छ। बर्खे अधिवेशनमा सरकारको...
nepalkhabar.com
January 23, 2025 at 3:35 AM
विवाहको उमेर घटाउँदा यसले पार्ने दीर्घकालीन असरलाई ख्यालै नगरी सांसदहरूले हचुवाको भरमा यस्तो सुझाव दिएको सरोकारवालाको भनाइ छ।
nepalkhabar.com/society/2245...
विवाहको उमेर घटाउने सुझावमा सरोकारवालाको आपत्ति, सांसदले हचुवामा बोलेको आरोप
विवाहको उमेर घटाउन संसदीय उपसमितिले दिएको सुझाव अवैज्ञानिक र अव्यावहारिक भएको भन्दै सरोकारवालाहरूले विरोध गरेका छन्। बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था तथा महिला अधिकारका क्षेत्रमा काम ...
nepalkhabar.com
January 23, 2025 at 3:33 AM
पेट क्र्याम्प हुने र दुख्ने हुन्छ। यस्तो पीडा हुँदा आराम गर्ने, हट वाटर ब्यागले सेक्ने, तातो खानेकुराहरू खाने गर्न सकिन्छ।
‘सिभिअर डिस्मेनोरिया’ अलि गम्भीर खालको हो। अर्थात् यसमा पीडा धेरै हुन्छ। अहिले धेरै महिलाहरूमा ज्यादा देखिएको एन्डोमेट्रिओसिस भन्ने समस्या छ। जसले गर्दा निसन्तानपनको समस्या पनि बढाइराखेको छ। ज्यादा पीडा हुनेहरूलाई चाहिँ हामीले हर्मोन, इन्जेक्सनहरू पनि दिनुपर्ने हुन्छ।
nepalkhabar.com/lifestyle/22...
महिनावारीका बेला किन हुन्छ पीडा? (भिडिओ)
महिनावारी सुरु हुनुभन्दा पहिला नै हामीले बालिकाहरूलाई यसबारे पर्याप्त जानकारी दिन आवश्यक हुन्छ। यसका लागि विद्यालयको भूमिका महत्त्वपूर्ण हुन्छ। विशेषतः विद्यालयमा नै शिक्षक–शिक्षिकाले उनीहरूलाई शिक्षि...
nepalkhabar.com
January 23, 2025 at 3:32 AM
साढे ४ महिनापछि आह्वान भएको संसद् बैठकमा पेस हुनेगरी महत्त्वपूर्ण विधेयकहरू तयार नहुनुले कानुन निर्माणमा सांसदहरूको पर्याप्त चासो नभएको देखिने कतिपयको टिप्पणी छ।
सांसदहरूले पर्याप्त समय दिएर मेहनत गरेको भए ४ महिनामा यी दुई विधेयक टुङ्ग्याएर समितिले अधिवेशनको सुरुवातमै पेस गर्न सक्थ्यो। तर, दुवै विधेयक दफावार छलफलको चरणमा प्रवेशै गरेको छैन।
nepalkhabar.com/politics/224...
निजामती र शिक्षा विधेयक : हिउँदे अधिवेशनमा पनि पेस हुन मुस्किल
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार माघ १८ गते दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन्। संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भन्ने गरिन्छ। बर्खे अधिवेशनमा सरकारको...
nepalkhabar.com
January 22, 2025 at 3:49 PM
राजनीतिमै आफ्नो कपाल फुलाएकी विन्दाको अनुभवले भन्छ, ‘अहिले हरेक मान्छेको प्रतिष्ठा पदसँग जोडिन थालेको छ। पदमा पुग्नको लागि धेरै कुरा नेतृत्वको हातमा हुन्छ। विधिसम्मत मापदण्ड बनाएर जिम्मेवारी दिनेभन्दा पनि मनपर्ने, नपर्ने आधारमा जिम्मेवारी र अवसर वितरण हुने प्रवृत्ति बढ्यो। त्यसकारण मानिसहरू बोलिहाल्यो भने पदसँग जोडिएको प्रतिष्ठामा असर गरिहाल्छ कि भनेर बोल्न हिच्किचाउँछन्।’
nepalkhabar.com/magazine/224...
विन्दा पाण्डेको ‘ट्याउँ ट्याउँ’ले ल्याएको बदलाव
आजभोलि विन्दा पाण्डेको व्यस्तता घटेको छ। पार्टीका कार्यक्रमहरूमा हिँड्नु परेको छैन। नेता–कार्यकर्तासँगको भेट पनि पातलिएको छ। किनकि उनी पार्टीबाट निलम्बित छिन्– ६ महिनालाई। कारण हो– उनले लेखेको एउटा स्...
nepalkhabar.com
January 22, 2025 at 5:05 AM
‘यो त एकदमै अवैज्ञानिक र अव्यावहारिक हो। एउटा समस्या भयो भनेर त्यसको कारणमा नगएर विवाहको उमेर घटाउने कुरा गर्नु कुनै पनि कोणबाट उचित होइन,’ पोखरेलले भनिन्, ‘जबसम्म समाजमा यौनशिक्षालाई व्यावहारिक शिक्षाको रूपमा अगाडि बढाइँदैन, तबसम्म १८ त के १४ नै बनाए पनि समस्याको समाधान हुँदैन। यो त उमेर पुगेका मानिसहरूले गर्ने अपराधलाई कानुनसम्मत बनाउने काम मात्रै हुन्छ।’
nepalkhabar.com/society/2245...
विवाहको उमेर घटाउने सुझावमा सरोकारवालाको आपत्ति, सांसदले हचुवामा बोलेको आरोप
विवाहको उमेर घटाउन संसदीय उपसमितिले दिएको सुझाव अवैज्ञानिक र अव्यावहारिक भएको भन्दै सरोकारवालाहरूले विरोध गरेका छन्। बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था तथा महिला अधिकारका क्षेत्रमा काम ...
nepalkhabar.com
January 20, 2025 at 4:08 PM
राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा योजना आयोगका सदस्य डा. आरपी बिच्छाले अवकाशको उमेर ६५ बनाउन उपयुक्त हुने बताए।
nepalkhabar.com/politics/224...
कर्मचारीको अवकाश उमेर ६५ वर्ष बनाउन योजना आयोगको सुझाव
राष्ट्रिय योजना आयोगले कर्मचारीको अवकाशको उमेर ६५ वर्ष बनाउन सुझाव दिएको छ।राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा योजना आयोगका सदस्य डा. आरपी बिच्छाले अवकाशको उमेर ६५ बनाउन उपयुक्त हुने बत...
nepalkhabar.com
January 16, 2025 at 3:43 PM
‘प्रशासनले देश चलाउने होइन। प्रशासन र लेखा हामीलाई सहजकर्ताको रूपमा चाहिन्छ’, गुरूङले भने, ‘तर देश प्राविधिकहरुले चलाउनुपर्छ। प्राविधिकले देश चलाउने हो भने निजामती सेवालाई विशेषज्ञ सेवाका रूपमा विकास गरिने भन्ने कुरा पनि लागू हुन्छ। हाम्रो अहिलेको निजामती भनेको विशुद्ध प्रशासनले चलाएको छ।’
nepalkhabar.com/politics/224...
निजामती विधेयकमा विज्ञका सुझाव : अब प्रशासनले होइन, प्राविधिकले देश चलाउनुपर्छ
विज्ञहरूले अब प्रशासनले मात्रै देश नबन्ने टिप्पणी गरेका छन्। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा निजामती विधेयकमा सुझाव दिने क्रममा विभिन्न क्षेत्रका विज्ञले अब प्राविधिकहरूले द...
nepalkhabar.com
January 16, 2025 at 3:41 PM
सरकारले पुनर्निर्माणका लागि ८ वटा प्राथमिकताको क्षेत्र छुट्याएको छ। जसमा सडक, पुल तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत्, वैकल्पिक ऊर्जा र सिंचाइ, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी, सरसफाइ तथा स्वच्छता र सांस्कृतिक एवम् पुरातात्विक सम्पदा रहेको छ।

प्राधिकरणका सहसचिव भुषालका अनुसार पुनर्निर्माणका लागि १ खर्ब १ अर्ब १२ करोड रूपैयाँ लाग्ने अनुमान छ।
nepalkhabar.com/society/2239...
पुनर्निर्माणमा १ खर्ब रुपैयाँभन्दा बढी लाग्ने, अढाई वर्षमा सक्ने लक्ष्य
सरकारले साढे २ वर्षमा पुनर्निर्माणको काम सक्ने लक्ष्य राखेको छ। २०७९ र २०८० मा पश्चिम नेपालमा गएको भूकम्प र २०८१ को मनसुनजन्य विपद् पश्चातको पुनर्निर्माण साढे २ वर्षभित्र सक्ने सरकारको लक्ष्य छ। २०७९ ...
nepalkhabar.com
January 13, 2025 at 3:54 PM
छलफलमा बोल्दै आयोगका अध्यक्षहरूले संविधानको व्यवस्था अनुसार गठन भएका आयोगहरू उपेक्षामा परेको गुनासो गरे। उनीहरूले यी आयोगहरूलाई अझै सशक्त र स्रोत/साधन सम्पन्न बनाउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने भन्दै त्यसका लागि समन्वय गरिदिन संसदीय समितिलाई आग्रह समेत गरे।
nepalkhabar.com/politics/223...
अध्यक्षहरूको एक स्वर : संवैधानिक आयोग पुनरवलोकनको बेला भएको छैन
संवैधानिक आयोगका अध्यक्षहरूले आयोगको पुनरवलोकन गर्ने समय भइनसकेको बताएका छन्। पछाडि पारिएका वर्गको हक हितका लागि खुलेका आयोगहरूलाई अझै सशक्त र स्रोत/साधन सम्पन्न बनाउन आवश्यक रहेको भन्दै उनीहरूले के आ...
nepalkhabar.com
January 12, 2025 at 5:10 PM
विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेकामध्ये ६० भन्दा बढी सांसदले उमेरहद पुरुषको ३५ र महिलाको ४० नै कायम रहनुपर्ने प्रस्ताव गरेका छन्। संशोधनकर्ता सांसदहरूले समितिमा छलफलको क्रममा पनि सोही धारणा राखेका छन्।
nepalkhabar.com/politics/223...
निजामती सेवा प्रवेशको उमेर हद घटाउन नहुने पक्षमा ६० भन्दा बढी सांसद
सरकारले निजामती सेवामा प्रवेशको अधिकतम उमेर घटाउने प्रस्ताव गरेपछि यो विषय बहसमा छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा सरकारले सेवा प्रवेशको ...
nepalkhabar.com
January 12, 2025 at 3:19 PM