Abisek Dangi
banner
abisekdangi.bsky.social
Abisek Dangi
@abisekdangi.bsky.social
ढाँटेको हैन कसैलाई छलेको छैन
गुमनाम छु तर कसैलाई भुलेको छैन ॥

यो समय संगै बद्लिदै गएछु सायद
मन्द छु पिडाहरू कसैलाई भनेको छैन॥

शान्त छु एक्लो छु एकान्त खोज्दैछु
एक्लै बस्छु पराई कसैलाई ठानेको छैन ॥

चिच्याहट सुन्छु आँफैभित्र अनौठो छ
खै के हो पागल आँफुलाई मानेको छैन॥

रून्छु धुन्छु आँशुले नै मन तन र बदन
उठ्छु जुट्छु लक्ष्य प्राप्तिलाई छाडेको छैन॥
November 16, 2024 at 11:11 AM